काठमाडौं, ३ बैशाख । यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले हङकङलाई पराजित गरेको छ ।
आज तल्लो मुलपानी मैदानमा भएको खेलमा नेपाली घरेलु टोलीले हङकङलाई ९ विकेटले पराजित गरेको हो।
११६ रनको समान्य लक्ष्य पाएको नेपालले १२.३ ओभरमा मात्रै एक विकेटको क्षतिमा पूरा गर्यो। नेपालको जितमा ओपनर निरजकुमार यादवले २३ रन बनाउँदा शाहिल पटेल र नरेन भट्टले अविजित पारी खेले।
शाहिलले ४१ बलमा नटआउट ४२ रन बनाउँदा नरेनले मात्रै २३ बलमा ३९ रन बनाए। शाहिल र नरेनले समान ८/८ चौका प्रहार गरे। हङकङका शायन पुरीले एल्बीडब्ल्यु आउट गर्नु पहिले निरजले पनि ४ चौकाको मद्दतमा २३ रन बनाएका थिए।
त्यसअघि हङकङ ४६.२ ओभरमा ११५ रन बनाउँदा अलआउट भएको थियो।