Logo

यू-१९ विश्वकप: न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य



दक्षिण अफ्रिका, ७ माघ । स्नेहिथ रेड्डीको शतकप्रेरित न्युजिल्यान्डले आईसीसी यू-१९ विश्वकपमा नेपालसामु ३०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०२ रन बनाएको हो । न्युजिल्यान्डबाट तेस्रो नम्बरमा ब्याटिङका निम्ति आएका रेड्डीले अविजित १४७ रन बनाए । उनले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरेका थिए ।

६७-३ को नाजुक अवस्थामा ब्याटिङमा लागि आएका रेड्डीले कप्तान ओस्कार ज्याक्सनसँग १५७ रनको शतकीय साझेदारी गर्दै न्युजिल्यान्डको इनिङ्स सम्हालेका थिए । कप्तान ज्याक्सन ८१ बलमा तीन चौका र पाँच छक्कासहित ७५ रन बनाएर आउट भएका थिए भने ओपनर टस जोनसले ३३, लुक वाट्सनले १४ र एलेक्स थप्सनले १३ रन बनाएका हुन् ।

नेपालका सुवास भण्डारीले तीन विकेट लिए भने गुल्सन झाले दुई र दिपेश कँडेल, तिलक वर्मा र आकाश त्रिपाठीले समान एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्