Logo

योगले स्वस्थ जीवनयापनमा सहयोग पु¥याउँछ: गृहमन्त्री



काठमाडौँ, ६ असार । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग, ध्यान र व्यायामले मानिसको मन सफा, शरीर स्वस्थ र निरोगी बनाई स्वस्थ जीवनयापनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित रङ्गशालामा आज आयोजित योग अभ्यासमा सरिक हुँदै उनले योग र ध्यानले मुलुकको शान्ति र सुव्यवस्था कार्यमा परिचालित राष्ट्रसेवक कर्मचारीहरुलाई समेत ऊर्जा प्रदान गर्ने बताए ।

आर्ट अफ लिभिङको सहकार्यमा नवौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा योग अभ्यासको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्