काठमाडौँ, २४ माघ । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले वर्तमान सरकारलाई नालायक भएको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा उनले काभ्रे जिल्लाका किसानले दूध बेचेको पैसा कहिले पाउँछन् भन्दै प्रश्न गरेका हुन् ।
शून्य समयमा बोलेको कुरा सरकारले नसुनेको भन्दै आपत्ति व्यक्त गरेका थिए ।
“काभ्रे जिल्लाका किसानले दूध बेचेको पैसा कहिले पाउँछन् । प्रधानमन्त्रीको भनाइ राज्य आइसक्यो भन्ने छ । यही हो राम राज्य?,” उनको प्रश्न छ, “योभन्दा नालायक, गतिहीन, जवाफदेहिताविहीन इतिहासमा कहिल्यै थिएन । जसको न कान छ न आँखा छ, कहिले सुन्छ सरकारले?”





