Logo

यो अचाक्ली महँगीले जनताको ढाड भाॅचिदै छ: डा. भट्टराई



काठमाडौँ, ८ असार । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले इन्धनमा गरिएको मूल्यवृद्धिले सबैतिर महँगी बढ्ने बताएका छन् । यो अचाक्ली महॅगीले जनताको ढाड भाॅचिदै छ। खै सरकारी पहल ?  उनले उल्लेख गरेका छन् ।

बुधबार बिहान ट्विट गर्दै उनले मूल्यवृद्धि नियन्त्रणमा ध्यान नदिइनु विडम्बनापूर्ण भएको पनि बताएका छन् । राजनीतिक दल र नेता सत्ता र गठबन्धनको अंकगणितमा लिप्त रहेको उनको भनाइ छ ।

सत्तासाझेदार दलका प्रभावशाली नेता डा. भट्टराईले मूल्यवृद्धि नियन्त्रणमा सरकारी पहल आवश्यक रहेको औँल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्