काठमाडौँ, ३१ असार । सत्ता साझेदारा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिनका लागि भारततर्फ प्रस्थान गरेका छन्। भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भारत भ्रमण आकस्मिक नभएको बताएका छन्।
‘देख्नलाई यो भ्रमण आकस्मिक जस्तो देखियो,’ उनले भने, ‘तर, यो मेरा लागि यो भ्रमण आकस्मिक होइन।’राजदूत विजयमोहन क्वात्रा भएको बेलामा उपयुक्त समयमा भारत भ्रमणमा आउने प्रतिवद्धता जनाएको प्रचण्डले बताए।
नेपालमा वाम गठबन्धन बनाउन चीन सक्रिय भएपछि त्यसलाई रोक्ने रणनीतिसहित भारतले प्रचण्डलाई दिल्ली बोलाएको हो। प्रचण्ड दुई दिनसम्म भारतमा रहनेछन्। प्रचण्डले भाजपा मुख्यालय पनि भ्रमण गर्ने बताइएको छ। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा पनि भाजपा मुख्यालय पुगेका थिए।







