काठमाडौं, २९ फागुन । आजको फ्राइडे रिलिजमा नेपाली चलचित्र ‘लालिमा’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ। यौनकर्मी महिलाहरूको वास्तविक जीवनका कथाहरूमा आधारित यो चलचित्रले उनीहरूको अनुभव र भोगाइलाई मुख्य विषयवस्तु बनाएको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा अभिनेत्री रोशनी कार्की मुख्य भूमिकामा देखिएकी छन्। ‘लालिमा’मा उनको यो पहिलो शीर्ष भूमिका हो। नायिका उषा रजकले भने लालिमाको आमाको भूमिका निर्वाह गरेकी छन्, जुन उनको पहिलोपटकको आमा भूमिका हो।
चलचित्रका लेखक तथा निर्देशक रोशन मिराजले ‘लालिमा’ले मनोरञ्जनसँगै समाजले गुपचुप राख्ने प्रयास गरिरहेको संवेदनशील विषयलाई उजागर गर्ने बताएका छन्।
चलचित्रमा रोशनी र उषासँगै शिशिर वाङ्देल, जीवन भट्टराई, सुष्मा निरौला, सविन कट्टेल र घनश्याम जोशीलगायत कलाकारहरूको अभिनय रहेको छ।







