काठमाडौँ, २५ जेठ । अमेरिकाको नर्थ ओसियन ब्लुवर्डको सडकमा कार दुर्घटना भएकोे छ । कार चालकले सँगै रहेकी महिलासँग यौन कार्यमा संलग्न हुँदा कार दुर्घटना भएको हो । कार बिपरित दिशाबाट आउँदै गरेको भ्यानसँग ठोक्किएर दुर्घटना भएको हो ।
भ्यानमा पनि चालकसहित दुई जना रहेकोमा उनीहर सामान्य घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कार चालक पुरुष र उनीसँगै रहेकी महिला दुर्घटना पछि सडकमा पछारिएका थिए । उनीहरु गम्भीर घाइते भएका छन् । उनीहरु दुबै जना अर्धनग्न अवस्था रहेका थिए ।







