Logo

रक्सी खाएर हल्ला गरेको भन्दै रूखमा बाँधेका वृद्वको मृत्यु



झापा, २१ साउन । झापामा रूखमा बाँधेका एकजना वृद्वको मृत्यु भएको छ ।

झापा गाउँपालिका-१ का जतन सोरेनले अध्यधिक मदिरा सेवन गरेर हो–हल्ला गरेको भन्दै छिमेकीले रूखमा बाँधेका थिए । उनलाई रातिनै रूखमा बाँधिएको थियो । बिहान हेर्दा उनी मृत अवस्थामा फेला परेका हुन् ।

गएराति १०.३० बजे झापा गाउँपालिका वडा न.१ लसुना बस्ने ६० वर्षीय जतन सोरेन मादक पदार्थ सेवन गरी छिमेकी महादेव टुडूको घरमा आएका थिए । घरको गल्लीमा आई काम्न थालेपछि महादेव टुडूलगायत स्थानीय व्यक्तिहरुले घर छेउमा रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर राखेका थिए । आज बिहान ४ बजे हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।

प्रहरीले मृतक सोरेनकै छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही स्थानका ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु, २१ वर्षीय लखिराम टुडुलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्