Logo

रघुजी पन्त शिक्षामन्त्री नियुक्त



काठमाडौं, १० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा रघुजी पन्तलाई नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि सो पद खाली रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्