काठमाडौँ, २२ वैशाख । रास्वपाका सभापति रवि लामिछानेले अब रचनात्मक प्रतिपक्ष कस्तो भनेर संसद्मा देखाउने बताएका छन् ।
शुक्रबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा बोल्दै सभापति लामिछानेले अब रचनात्मक प्रतिपक्षमा बसेर देखाउने बताए ।
“जनताले रचनात्मक प्रतिपक्ष कस्तो हुन्छ भनेर जनताले हेर्न चाहेका छन् । अब देखाउँछौँ,” रविले भने ।
उनले आफूहरूले सरकारको विरोधमात्र गर्ने नभएर बुँदागत रूपमा तथ्यमा रहेर बोल्ने बताए ।
उनले सरकारको लक्षण सकारात्मक नभएकाले आफूहरूले प्रतिपक्षमा बस्ने निर्णय गरेको पनि बताएका छन् ।







