Logo

रचना रिमालको स्वरमा ‘फर्की आउ मेरो हजुर’



काठमाडौँ, २३ असार । क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार हुन प्रमिला बस्नेत । उनको रचनामा रहेको नयाँ गीत ‘फर्कि आउ मेरो हजुर ’ बोलको गीत सार्वजनिक भएको छ ।

गायिका रचना रिमालको सुमधुर आवाजमा रहेको गीतमा हजारौँ सपना बोकेर परदेशमा गएको श्रीमान् र स्वदेशमा भएकी श्रीमतीले घरदेशमा गरेको सघर्षलाई गीतमा देखाइएको छ ।

परदेशीभूमिमा गरेको परिश्रम र स्वदेशमा डाडाँ पाखामा घाँस दाउरा गर्दै आफनो जीवन यापन गरिरेहेकी एक नारीको वेदनालाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीबीचको प्रेम प्रशंगलाई समेटिएको छ ।

मौलिकपनमा आधारित गीत भएकाले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनेमा आफु आशावादी रहेको गीतकार प्रमिलाले बताइन् । मौलिक पन र नेपाली माटो र घरातललाई गीतमा समेटन खोजिएको छ ।

विकाश चौधरीको संगीत तथा रुपन सिंह गुरुङ्गको एरेन्जमा तयार गरिएको गीतमा खेम थापा मगरको छायाँकन, बीरबहादुर थारुको सम्पादन तथा दयाराम घिमिरेको निर्देशन रहेको छ ।

गैरआवासीय नेपाली संघ अन्तरर्रास्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) क्यानडाकी मानार्थ सदस्य समेत रहेकी गीतकार बस्नेतले यसअघिका गीतलाई पनि दर्शकले धेरै मन पराएका थिए ।

प्रतिक्रिया दिनुहोस्