काठमाडौँ, १९ असार । रञ्जु दर्शनाले काठमाडौँ क्षेत्र नं.५ बाट प्रतिनिधि सभा चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले काठमाडौँ क्षेत्र नं.५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गरेकी हुन् ।
उनले लेखेकी छन्, ‘तपाईहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र नं.५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरू समक्ष बाँड्न पाउँदा हर्षित छु ।’







