Logo

रणनीति मिलाउन नसक्दा सरकार गुम्यो ः नेता कोइराला



चितवन, १५ पुस । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, “पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भयो ।” पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उनको भनाइ थियो ।

गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने महत्वपूर्ण भूमिका प्रचण्डले खेलेको उनले बताए । उनले भने, “ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो ।” कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै उनले जिम्मेवारपूर्वक हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्