Logo

रमजानमा गीत बजाएपछि महिलाद्वारा सञ्चालित रेडियो स्टेशन बन्द



अफगानिस्तान, १९ चैत । अफगानिस्तानको उत्तर-पूर्वमा रहेको रेडियो स्टेशन तालिबान प्रशासनले बन्द गराएको छ ।

महिलाद्वारा सञ्चालित रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिबानका एक अधिकरीले बताएका छन् ।

दश वर्षअघि प्रारम्भ गरिएको ‘सादाई बानोवान’ अर्थात् महिलाको आवाज रेडियो स्टेशनमा आठ जना कर्मचारीमध्ये छ जना महिला कार्यरत थिए ।

बदख्शान प्रान्तका सूचना तगा संस्कृति निर्देशक मोइजुद्दिन अहमदीले रमजानको समयमा गीत-सङ्गीत प्रसारण गरेर इस्लामिक कानुनको उल्लङ्घन गरेकाले प्रसारण बन्द गरिएको बताएका छन् । भविष्यमा पुनः कानुनको उल्लङ्घन नगर्ने प्रतिबद्धता व्यक्त भएमा प्रसारणको अनुमति दिइने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्