काठमाडौँ, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि प्रहरीले पाेखराबाट काठमाण्डाै ल्याएकाे छ ।
लामिछानेलाई बुद्ध एअरकाे विमानमार्फत केहीबेरअघि काठमाण्डाै ल्याइएकाे प्रहरीले जनाएकाे छ । उनलाई पोखराबाट काठमाण्डाै ल्याउन लागिएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियाे । विमानस्थल परिसरमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको थियाे ।
काठमाण्डाैकाे कालीमाटीमा रहेकाे स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगीबारे अनुसन्धान गर्न प्रहरीले लामिछानेलाई काठमाण्डाै ल्याएकाे हाे । उनीविरुद्ध काठमाण्डाै जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाे छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गएकाे कात्तिक २ गते काठमाण्डाैबाट पक्राउ परेका लामिछाने एक महिनादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । यसअघि उनलाई सहकारी ठगी प्रकरणमा प्रहरीले रुपन्देही लगेर बयान लिएकाे छ ।
सहकारी बचत अपचलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।