Logo

रविविरुद्ध पूरक अभियोग लैजाने प्रहरीको तयारी



काठमाडौं, ४ असोज । प्रहरीले रास्वपा सभापति रवि लामिछानेविरुद्ध पूरक अभियोग लैजाने भएको छ । प्रहरी प्रधान कार्यालयले सूर्यदर्शन बचत तथा ऋण सहकारी प्रकरणमा रविविरुद्ध प्रमाण संकलन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई भनेको एक अधिकारीले जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार संसदीय छानबिन समितिको सिफारिसको आधारमा पूरक अभियोगको तयारी गर्न कास्की प्रहरीलाई ‘मौखिक निर्देशन’ दिइएको छ ।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आएपछि सो रकम खर्च गर्ने र गराउने प्रक्रियामा रवि संलग्न रहेको संसदीय छानबिन समितिको ठहर छ ।

समितिले संसदमा बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने निर्णय गरेको छ । समितिको सिफारिस अनुसार गोर्खा मिडियाका सञ्चालकहरू अध्यक्ष गितेद्रबावु (जीबी) राई, सदस्य कुमार रम्तेल तथा प्रबन्ध निर्देशक रवि र सञ्चालक छविलाल जोशीविरुद्ध मुद्दा चल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्