
काठमाडौँ, १८ माघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद रिक्त भएको सूचना जानकारी गराएका छन् ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त भएको पत्रबारे सदनलाई जानकारी गराएका हुन् ।
बैठकमा सभामुख घिमिरेले गृह मन्त्रालयको जिम्मेवारी प्रधानन्त्री प्रचण्डलाई नै तोकिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाए । उनले चितवन क्षेत्र नम्बर २ को सांसद पद रिक्त भएको व्यहोरा बैठकमा जानकारी गराएका छन् ।







