Logo

रवि लामिछानेका चालकलाई हेलिकप्टरबाट काठमाडौँ लगियो



चितवन, ५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

साेमवार बिहान घरको छतबाट खसेका थापालाई थप उपचारका लागि मङ्गलवार हेलिकप्टरबाट काठमाडौँकाे मेडिसिटी अस्पताल ल्याइएको हो । हिजो बिहान ४ बजेतिर भरतपुर महानगरपालिका-११ मा रहेको सभापति लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको थियो ।

भरतपुरका डाक्टरहरूकाे सल्लाहमा थापालाई काठमाडौँ ल्याइएको लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्