चितवन, १२ वैशाख । चितवनको क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ । गन्न बाँकी रहेको मतभन्दा लामिछानेको मतान्तर धेरै छ ।
लामिछानेलाई प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले बधाई दिएका छन् । साथै उनले हार स्वीकार गरी नागरिकले परिवर्तन खोजेको प्रतिक्रिया दिएका छन् ।
पछिल्लो गणना विवरणअनुसार लामिछानेले ५० हजार २ सय ५ मत प्राप्त गरेका छन् भने जितनारायणले ९ हजार ८ सय ५६ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ९ हजार ४ सय ८७ मत ल्याएका हुन् ।
लामिछाने र जितनारायणको मतान्तर ४० हजार ७ सय १८ छ । चितवन-२ मा कुल मतदाता १ लाख २४ हजार ६ सय ९५ रहेकोमा ७८ हजार २ सय ७७ मत खसेको छ ।