Logo

रवि लामिछानेलाई अदालत लगियो



पोखरा, ४ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा लगिएको छ ।

गत शुक्रबार पक्राउ परेका लामिछानेलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो । न्यायाधीश नबराज दाहालको इजलासमा पेशी तोकिएको छ ।

अदालतले थप अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिनेछ ।

प्रतिक्रिया दिनुहोस्