Logo

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने



कास्की, ४ कात्तिक । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ ।

शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका लामिछानेलाई शुक्रबार राति नै पोखरा लगिएको थियो ।

हिजो शनिबार अदालत बिदा भएकोले आज उनलाई म्याद थपका लागि अदालत लगिने भएको हो ।

जिल्ला अदालत कास्कीको अनुमतिलगत्तै शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले लामिछानेलाई पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेको थियो ।

लामिछाने पक्राउ परेसँगै रास्वपाले सडक प्रदर्शन गरेकोले पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्