
काठमाडौँ, ७ असार । रवि लामिछानेले आफ्नो नयाँ पार्टीको नाम घोषणा गरेका छन् । राष्ट्रिय सभामा एक कार्यक्रमकाबीच लामिछानेले नयाँ पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन् ।
उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे । स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रहेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उनले सुनाए ।
उनले पार्टी सदस्यहरुबीच प्रारम्भिक निर्वाचन गरेर मात्र संसदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने बताए । लामिछानेले पार्टीका हरेक कमिटीमा ५0 प्रतिशत युवा सहभागिता हुने बताएका छन् ।







