Logo

रवि लामिछाने पक्राउ पर्दा सत्तारुढ दलका नेताहरुविरुद्ध नाराबाजी



काठमाडौं, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्दा उनका कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गर्दा रास्वपा कार्यकर्ताहरुले प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरुविरुद्ध नाराबाजी गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरुविरुद्ध प्रदर्शन भएको हो ।

लामिछानेलाई केहीबेरअगाडि काठमाडौंबाट पोखरातर्फ लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्