रूपन्देही, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुटवल पुग्नुभएको छ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित हुन उहा आज रूपन्देही पुग्नुभएको हो । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो ।
लामिछाने यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा हुनुभएको हो ।