Logo

रवि लामिछाने र पुकार बमबीच भेटघाट



काठमाडौँ, ११ असार । प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्जवल थापासँगै विवेकशील नेपाली दल स्थापना गर्ने संस्थापक नेता पुकार बमबीच भेटघाट भएको छ ।

बमले आफ्नो सामाजिक सञ्जालबाट जानकारी दिएअनुसार दुईबीच विवेकशील अभियान, युवाहरूको स्वतन्त्र उम्मेदवारी अभियान र लामिछानेको नयाँ पार्टीको बारेमा गहन छलफल भएको थियो ।

काठमाडौँ क्षेत्र-१ मा पुकारको उम्मेदवारीलगायत आगामी निर्वाचनको बारेमा समेत प्रारम्भिक छलफल भएको थियो । दुई नेताबीच छलफल सकारात्मक भएको र सहकार्य गर्दै अघि बढ्ने बारे छलफल भएको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्