Logo

रवीन्द्रकुमारको हत्यामा संलग्न मिजार १५ वर्षपछि पक्राउ



 

काठमाडौँ, २७ असार । नेपाल प्रहरीले रवीन्द्रकुमार मल्लको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले वि.सं २०६४ कात्तिक १९ गते काठमाडौँ महानगरपालिका-२६ गोँगबु मित्रनगरस्थित सडकमा कुटपिट गरी हत्या गर्ने कार्यमा संलग्न पोखरा महानगरपालिका-१४ मझेरीपाटनका ३६ वर्षीय कृष्ण मिजारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनले १० वर्ष कैद सजाय फैसला गरेका मिजारलाई पोखरा महानगरपालिका-३० पावरहाउसबाट पक्राउ गरिएको जानकारी दिए ।

उच्च अदालत पाटनले पक्राउ मिजारलाई विसं २०६७ असोज १८ गते १० वर्ष कैद हुने फैसला गरेको थियो । पक्राउ मिजारलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

प्रतिक्रिया दिनुहोस्