काठमाडौँ, १२ असोज । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्दै छन् ।
उनी नेतृत्वको समूह राप्रपामा समाहित हुन लागेको हो ।
मिश्रले आफू र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन आज औपचारिक रूपमा एक ठाउँमा आउन लागेको बताएका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले राप्रपामा प्रवेशबारे जानकारी गराएका हुन् ।
उनले कवितात्मक शैलीमा लेखेका छन्, “राजेन्द्र, रवीन्द्र आए एक ठाउँमा अब देश आउँछ ठिक ठाउँमा!”







