Logo

रवीन्द्र मिश्रलाई कोरोना संक्रमण



काठमाडौँ, ४ साउन । राजनीतिकर्मी रवीन्द्र मिश्र दोस्रोपटक कोरोना संक्रमित भएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफूमा पुन: संक्रमण देखिएको जानकारी गराएका हुन् ।

उनका अनुसार अहिले थोरै ज्वरो, कम्मर दुखाइ र घाँटीमा समस्या छ । घरमै आराम गरिरहेका छन् ।

आफू पहिलोपटक ६ महिनाअघि संक्रमित भएको उनले उल्लेख गरेका छन् । योपटकको लक्षण पहिलोपटकको जस्ता कडा नभएको उनको भनाइ छ ।

उनले लेखेका छन्, “फेरि कोभिड ! पहिलोपटक ६ महिनाअघि भएको थियो । अहिले फेरि भयो । लक्षणहरू पहिलोपटकजस्तो कडा छैन । थोरै ज्वरो, कम्मर दुखाइ र घाँटीमा समस्या छ । घरमै आराम गर्दै छु । हिजो त मैले कसैलाई भेटिनँ । त्यसअघिका दुई दिनमा मसँग भेट्नुभएका साथीहरूलाई विचार पुर्‍याउन आग्रह गर्दछु । कोभिड फेरि बढ्दै छ ।”

प्रतिक्रिया दिनुहोस्