Logo

रवीन्द्र मिश्रले गरे उमेदवारी घोषणा



काठमाडौँ, १४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उमेदवारी घोषणा गरेका छन् ।

मिश्रले काठमाडौं क्षेत्रनम्बर १ बाट उमेदवारी घोषणा गरेका हुन् । विवेकशील साझा त्यागेर राप्रपासँग एकीकरण गरेका वरिष्ठ उपाध्यक्ष बनेका उनले आज उमेदवारी घोषणा गरेका हुन् ।

मिश्र २०७४ को संसदीय चुनावमा पनि सोही क्षेत्रमा उमेदवार रहेका थिए । विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका मिश्रले १० हजार ११८ मत पाएका थिए भने नेपाली कांग्रेसका प्रकाशमान सिंह १० हजार ९३६ मतका साथ निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्