Logo

रवीन्द्र मिश्र र दुर्गा प्रसाईँसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं, ३० बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका ‘संयुक्त जनआन्दोलन समिति’ का सदस्य सचिव रवीन्द्र मिश्र र समितिले तोकेका जनकमान्डर दुर्गा प्रसाईँलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

मिश्र र प्रसाईँसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले मंगलबार अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन्। उनी गत चैत १५ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्