रसुवा, १७ भदौ । रसुवागढी नाकाबाट एक किलो सुनसहित एक महिला पक्राउ परेकी छिन् ।
गोसाइँकुण्ड गाउँपालिका-३ बृद्धिमकी ४१ वर्षीया पाछेमु तामाङ शनिबार मितेरी पुलबाट पक्राउ परेकी हुन् ।
केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए ।
सुन ल्याउने महिला बिरामी देखिएकाले सुरक्षाकासाथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको तामाङले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







