Logo

विश्व प्रसिद्ध रेसलर होगनको निधन



काठमाडौं, ९ साउन । विश्व प्रसिद्ध रेसलर तथा डब्ल्यूडब्ल्यूईका हल ऑफ फेमर हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको कारण हृदयाघात (कार्डियक अरेस्ट) भएको बताइएको छ।

हल्क होगनको वास्तविक नाम टेरी जीन बोलिया हो । उनले १९८० र १९९० को दशकमा डब्ल्यूडब्ल्यूईलाई विश्वव्यापी लोकप्रियता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनको ञहल्कमेनियाझ अभियानले रेसलिंगलाई नयाँ उचाइमा पुर्‍याएको थियो। उनले १९८४ मा आयरन शेखलाई हराएर डब्ल्यूडब्ल्यूएफ च्याम्पियनशिप जितेका थिए, जसले ञहल्कमेनियाझ को शुरुआत गरेको थियो।

उनको सिग्नेचर मुभ्स र दमदार व्यक्तित्वले उनलाई विश्वभरका प्रशंसकहरूको मनमा अमर बनायो। स्थानीय मिडिया र टीएमजेडको रिपोर्टअनुसार, बिहीबार ९जुलाई २४, २०२५० बिहान फ्लोरिडाको क्लियरवाटरस्थित उनको घरमा आपतकालीन सेवाहरू बोलाइएको थियो। आपतकालीन चिकित्सा टोली र प्रहरी घटनास्थलमा पुगेका थिए र होगनलाई स्ट्रेचरमा राखेर अस्पताल लगिएको थियो। तर, चिकित्सकहरूको अथक प्रयासका बावजुद उनलाई बचाउन सकिएन।

हालैका दिनहरूमा होगनको स्वास्थ्यबारे विभिन्न अफवाहहरू फैलिएका थिए। उनकी पत्नी स्काई डेलीले केही समयअघि उनको स्वास्थ्य ठीक रहेको र उनी सर्जरीबाट रिकभर भइरहेको बताएकी थिइन्। तर, अचानकको हृदयाघातले उनको जीवन समाप्त भएको छ।

डब्ल्यूडब्ल्यूईले एक आधिकारिक बयान जारी गर्दै होगनको निधनप्रति गहिरो दुख व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्