Logo

राँके–रवि सडकखण्डमा मोटरसाइकल दुर्घटना, इलामका युवकको ज्यान गयो



पाँचथर, १८ पुष । पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। राँके–रवि सडकखण्डअन्तर्गत धोद्रेमा बिहीबार साँझ बा.९९प ८८०१ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

दुर्घटनामा इलामको फाकफोकथुम–४ निवासी ३३ वर्षीय सुवास सारु मगरको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। सप्तमीदेखि रवितर्फ जाँदै गर्दा भएको सो दुर्घटनामा मोटरसाइकलमा सवार काशीनाथ मगर सामान्य घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्