
लमजुङ, १८ असोज । लमजुङमा मासु खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।
राँगाको मासु खाँदा घाँटीमा अड्किएर लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सिम्पानीका ४९ वर्षीय शम्शेर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक विष्णु विकले जानकारी दिए ।
उनका अनुसार सोमवार राँगो काटेको र घरमा मासु खाने क्रममा घाँटीमा अड्किएपछि परियारलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको थियो ।
चिकित्सकले उपचार गर्नका लागि जाँच गराउने क्रममा परियारको ज्यान गएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकले बताए ।






