Logo

राजतन्त्र फर्कँदैन ः ओली



पोखराको हेम्जामा सम्बोधन गर्दै ओली

पर्वत , २२ मंसिर । नेकपा एमाले अध्यक्ष ओलीले बिहिवार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै मुलुकमा राजतन्त्र फर्कन नसक्ने बताएका छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आयोजित सभामा अध्यक्ष ओलीले राजतन्त्र फर्नन नसक्ने दाबी गरेका हुन् । उनले भने, “जसरी २०६५ साल फर्कन सक्दैन, त्यसैगरी राजतन्त्र पनि फर्कँदैन ”

अध्यक्ष ओलीले यही मङ्सिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा सङ्कलन गरिएका सबै माग र सुझाव बटुलेर राष्ट्र निर्माणको खाका र योजना बनाउने बताए । उनले आगामी निर्वाचनमार्फत एमालेले एकल बहुमत ल्याउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्