Logo

राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्छ: महामन्त्री थापा



काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिएका छन् ।

आज शिखा प्रकाशनबाट प्रकाशित विशेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ (१९६२-१९६८) को लोकार्पण कार्यक्रममा उनले कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपीले उल्लेख गरेअनुसार नैतिक सत्ता पछिल्लो राजनीतिमा भएकामा आशङ्कासमेत व्यक्त गरेका हुन् ।

“विपी भन्नुहुन्छ नेताहरूको नैतिक संरचना आम जनताको संरचनाभन्दा माथि हुनैपर्छ, अर्थात् विपी नैतिक सत्ताको कुरा गर्नुहुन्छ, यो आलोकबाट हेर्यो भने आज हामीसँग प्रधानमन्त्री, अध्यक्ष र सभापति हुनुहुन्छ”, महामन्त्री थापाले भने, “विपीले हामीलाई ‘च्यालेन्ज’ गर्न के कुरामा सिकाउनुहुन्छ भने सभापतिसँग पार्टीशक्ति छ, प्रधानमन्त्रीसँग राज्यशक्ति छ तर नैतिक शक्ति हामीसँग हुनुपर्छ” ।

प्रतिक्रिया दिनुहोस्