Logo

राजनीतिक व्यक्ति नै भ्रष्टाचारमा मुछिने विकृति बढ्यो: अध्यक्ष केसी



काठमाडौँ, ३० फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक व्यक्ति नै भ्रष्टाचार र अनियमिततामा मुछिने विकृति बढेको उल्लेख गर्दै यसले जनतामा निराशा बढेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग लिदै उनले भने, “जसरी पनि चुनाव जित्नुपर्ने र सरकारमा सामेल भएर खर्च उठाउने प्रवृत्ति बढ्यो । यो संसदीय व्यवस्थाको नकारात्मक प्रवृति हो । यसबाट अधिकांश नेता कार्यकर्ताहरु सिकार भएका छन् ।”

अध्यक्ष केसीले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरेका थिए । उनले सुनतस्करी र अनुचित लेनदेनमा मुछिएका प्रभावशाली व्यक्तिलाई सरकारले कारवाही नगरेकोमा गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्