Logo

राजनीति छाड्न खोजेपनि परिस्थितिले छाड्न दिँदैन: नेपाल



काठमाडौँ, १९ साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीति छाड्न खोजेपनि परिस्थितिले छाड्न नदिएको बताएका छन् ।

बिहीबार आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले पाँच वर्षपछि आफूले राजनीति छाड्ने समेत संकेत गरेका थिए ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा उनले आफूले जित्नैपर्ने अवस्था रहेको बताए ।

“छोडौँ कि भन्ने लागेको । परिस्थितिले छाड्नै दिएको छैन । यस पटकको चुनावमा लड्नैपर्छ । जित्नैपर्छ । आज चुनावको मितिको घोषणा पनि भइसक्यो,” उनले भने, “अब पनि चुनावमा नउठ्ने भन्ने कुरा भएन । डराएछ कि क्या हो माधव नेपाल भन्ने पर्ला । सामाना गरेर, चुनावमा उठेर विजयको डङ्ग बजाएर तपाईंहरूको बिचमा आउनुपर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्