Logo

‘राजसंस्थाको जनलहरले मन्त्रीहरू संसद् आउनै डराउनुभयो कि क्या हो?’



काठमाडौँ, २८ फागुन । राप्रपाकी सांसद बिना लामाले बुधबार संसद्‌मा मन्त्रीहरू नआएको प्रसंग जोड्दै राजसंस्था पक्षधरको पक्षमा जनलहर बढ्दै गएपछि मन्त्रीहरू डराएको भन्दै व्यंग्य गर्नुभएको छ ।

उहाले संसद् बैठकका क्रममा भन्नुभयो, राजसंस्था पक्षधरको जनलहरको एक धक्काले हो कि मन्त्रीहरू नै गायब भएका। तर, आउनुभयो, तपाईँहरूलाई स्वागत छ।’

बुधबारको पहिलो बैठक मन्त्री वा प्रधानमन्त्री कोही पनि नआएपछि स्थगन भएको थियो। बैठकमा सरकारको कुनै पनि प्रतिनिधि उपस्थित नभएको भन्दै नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बैठक सुरु हुनेवित्तिकै विरोध जनाएका थिए । प्रमुख सचेतक पाण्डेले प्रतिनिधि सभा नियमावलीमा व्यवस्था भएअनुसार बैठक तुरुन्त बन्द गर्न माग गर्नुभएको थियो।

माओवादीको ध्यानाकर्षणपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । स्थगित भएर बसेको दोस्रो बैठकमा रापपा सांसद लामाले यस्तो व्यंग्यवाण गनुैभएको हो।

प्रतिक्रिया दिनुहोस्