काठमाडौँ, १४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आउँदो चुनावमा आफूले राजसंस्था पुनर्स्थापना गर्ने एजेन्डालाई लिएर मतदातासँग भोट माग्ने बताएका छन् ।
शुक्रवार काठमाडौँ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार औपचारिकरूपमा घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले आउँदो चुनावमा जाने आफ्नो मूल एजेन्डाबारे प्रस्ट्याएका हुन् ।
आफू राजसंस्थावादी, गणतन्त्रवादी र धर्मनिरपेक्षतावादी नभएको उल्लेख गर्दै उनले संविधानले बाँधेर राखेको राजसंस्था पुनर्स्थापित हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको बताए । यसरी जाँदा भोट नपाए पनि आफूले खुसीसाथ मतदातालाई धन्यवाद दिने उनको भनाइ थियो ।







