Logo

राजाको सन्देश आन्दोलनको प्रस्थानबिन्दु : राजेन्द्र लिङदेन



काठमाण्डौ, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सार्वजनिक भिडियो सन्देशले आफूहरूको एजेण्डामा थप बल पुर्याएको बताउनु भएको छ ।

अध्यक्ष लिङदेनले बुधवार पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सार्वजनिक भिडियो सन्देशले वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसकेको कारण राजसंस्था पुनःस्थापना गर्नुपर्ने आफूहरूको एजेण्डामा थप बल पुर्याएको बताउनुभएको हो।

उहाले आफूहरू धेरै अघिदेखि राजसंस्थाको पुनःस्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मागसहित आन्दोलनमा नै रहेको उल्लेख गर्दै उक्त भिडियो सन्देशले थप उत्साहित भएको बताउनुभयो ।

राप्रापाले राजसंस्थाको पुर्नस्थापना, प्रदेश खारेजी, कार्यकारी प्रधानमन्त्री र हिन्दु राष्ट्रको एजेण्डासहित सातवटै प्रदेशमा सभाको आयोजना गर्नेसमेत उहाले बताउनुभयो ।

उहाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको राजसंस्था पुनःस्थापनको लागि सभामार्फत सबै राजनीतिक दलहरूलाई आह्वान गर्नेसमेत बताउनुभयो।

उहाले पूर्वराजा शाहद्वारा जारी भिडियो सन्देशले समान विचार भएका पार्टी र व्यक्तिहरुबीच सहकार्य र समन्वयको लागि बाटो खुला भएकोसमेत दाबी गनुभयो ।

अध्यक्ष लिङदेनले पूर्वराजाको आह्वानलाई व्यवहारमा कार्यान्वयन गर्नको लागि वार्ता र आन्दोलनको माध्यमबाट अघि बढ्ने समेत स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्