Logo

राजापाक्षलाई बसोबासको लागि थाइल्याण्डले अनुमति दिने



श्रीलङ्का, २६ साउन । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटबाय राजापाक्षलाई थाइल्याण्डले कुनै समस्या नपु¥याउने शर्तमा अर्को देशमा स्थायी शरण खोज्न अस्थायी रुपमा थाइल्याण्डमा बस्न अनुमति दिएको छ ।

“श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डमा स्थायी शरण खोज्न अस्थायी रूपमा बस्नेछन्,” थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले भने ।

“यो मानवीय मुद्दा हो । हामीले यो अस्थायी बसाइ हो भनेर प्रतिज्ञा गरेका छौं । कुनै पनि राजनीतिक गतिविधिलाई अनुमति दिइएको छैन, र यसले उनलाई शरण लिनको लागि एक देश खोज्न मद्दत गर्दछ,” कोलम्बो गजेट र थाइल्याण्ड सञ्चारमाध्यमले चान-ओ-चालाई उद्धृत गरी लेखेको छ ।

थाइल्याण्डका विदेशमन्त्री डन प्रमुदविनाईले अपदस्थ राष्ट्रपति अझै पनि कूटनीतिक राहदानीधारी भएकाले ९० दिन थाइल्याण्डमा बस्न सक्ने बताएका छन् । “श्रीलङ्का सरकारले भ्रमणको विरोध गरेको छैन र थाई सरकारले उनको लागि आवासको व्यवस्था गरेको छैन ।”

प्रतिक्रिया दिनुहोस्