झापा, २६ कात्तिक । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजा अब फर्किएर नआउने बताएका छन् ।
झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले राजा नागरिक भइसकेकाले अब पर्किएर आउँछन् भनेर कल्पना समेत नगर्न आग्रह गरेका थिए ।
आज हल्दिवारीको ढडुवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने “भूतप्रेतको कल्पना गर्न सकिएला तर राजा आउने कुरा कल्पना समेत गर्न सकिँदैन ।”
त्यस्तै नेता सिटौलाले राप्रपाका साथीलाई तपाईंहरुले संसद बनाएर पठाउनु भयो तर उहाँले ५० लाख बराबरको बजेट समेत आफनो निर्वाचन क्षेत्रमा ल्याउन नसकेको बताए ।
त्यसैगरी उनले संसद विकास कोषको ६ करोडले कहाँ-कहाँ विकास गर्नु भयो भनेर राप्रपाका संसदलाई प्रश्नसमेत गरेका थिए ।
नेता सिटौलाले विकास र संविधान जोगाउन गठबन्धनका उम्मेदवारलाई बहुमतका साथ विजय गराउन आग्रह गरेका थिए ।







