Logo

राजेन्द्र महतोद्वारा लोसपा परित्यागको घोषणा



काठमाडौँ, १४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् ।

सोमबार काठमाडौँमा विशेष पत्रकार सम्मेलनमार्फत लोसपा छाडेको घोषणासँगै उनले नयाँ अभियानको घोषणा गरेका हुन् ।

लोसपा अध्यक्ष महन्थ ठाकुरसँग अलग्गिएर महतोले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका छन् । उनले बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्य प्रस्तुत गरेका छन् ।

यो अभियानले पार्टीको निर्माणदेखि सबै संरचना तयार गर्ने भन्दै लोसपा, जसपालगायतका मधेसवादी पार्टी साथै एमाले, कांग्रेस र माओवादी विचार राख्नेहरूका लागि खुल्ला रहेको उनले बताए ।

पार्टीले गति लिन नसकेको भन्दै उनले लोसपा अध्यक्ष ठाकुरको आलोचना गर्दै आएका थिए । पछिल्लो पटक ठाकुरले आफू खुसी पार्टीको भद्दा कमिटी बनाएकोप्रति पनि महतो असन्तुष्ट थिए ।

प्रतिक्रिया दिनुहोस्