डोटी, ५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशको समुन्नतिका लागि वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व दुवै फेर्नुपर्ने बताउनुभएको छ ।
राप्रपा डोटीद्वारा सदरमुकाम दिपायलमा आयोजित आमसभालाई सम्वोधन गर्दे लिङदेनले देशको अभिभावकीय भूमिकामा राजसंस्था रहनुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने बताउनुभयो ।
‘राजसंस्थालाई अभिभावकीय भूमिकामा राख्नुपर्छ, प्रधानमन्त्रीलाई जनताले प्रत्यक्ष चुन्न पाउने व्यवस्था गरिनुपर्छ’, उहाले भन्नुभयो, ‘यस्तो भएमात्र प्रधानमन्त्री देशभरिका जनताप्रति उत्तरदायी हुन्छ ।’
उहाले वर्तमान प्रधानमन्त्री झापा निर्वाचन क्षेत्र ५ बाट निर्वाचित भएका कारण उनी देशका अन्य निर्वाचन क्षेत्रका जनताप्रति त्यति उत्तरदायी नहुने बताउनुभयो ।
देशमा भ्रष्टाचार मौलाउनुमा व्यवस्था र नेतृत्व दुवै दोषी रहेको उहाको दाबी छ । उहाले एमाले, कांग्रेस र माओवादीले मिलेर देश लुटिरहेकोसमेत आरोप लगाउनुभयो ।
‘२०४६ सालदेखि तिनै व्यक्तिहरुले पटक पटक नेतृत्व गर्दै देश डुबाउने काम गरेका छन्’, उहाले भन्नुभयो, ‘अब पनि यी दल र नेतृत्वबाट देशको समृद्धि हुन्छ भन्ने भ्रममा पर्नु भनेको हाम्रा सन्ततिलाई समेत दुःखमा धकेल्नु हो ।’
राप्रपा अध्यक्ष लिङदेनले खराब नेतृत्वकै कारण आज युवाहरु आफ्नो र परिवारको पेट पाल्न नै विदेशिन बाध्य भएको बताउनुभयो ।
‘