Logo

राजेन्द्र लिङ्देनको टिप्पणी-‘धर्मरहित राजनीति गर्नेहरूले जनतालाई नक्कली भुटानी शरणार्थी बनाए’



पोखरा, २९ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्मरहित राजनीति गर्नेहरूका कारण मुलुकले आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचान गुमाएको टिप्पणी गर्नुभएको छ।

कास्कीको पोखरामा जारी कोटिहोम महायज्ञलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो टिप्पणी गर्नुभएको हो। उहाले धर्म निरपेक्षताको नाममा राजनीति गर्नेहरूले आम नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कमाउने काम गरिरहेको बताउनुभयो।

अब पूजापाठ गरेर मात्र धर्मको रक्षा नहुने बताउँदै अध्यक्ष लिङ्देनले धर्मप्रतिको व्यवहारिक कर्तव्य निभाउनुपर्नेमा जोड दिनुभयो। उहाले बदनाम नेताहरूसँगै राजनीति गरिरहेको भए पनि राजनीतिक जीवनमा एक रुपैयाँ पनि अनियमित ढंगले नकमाएको उहाको दाबी छ।

उहाले धर्म र संस्कृतिमाथि प्रहार भइरहेको उल्लेख गर्दै यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

उहाले भन्नुभयो, ‘तपाईँहरूले याद गर्नुभएको छ कि छैन रु धर्म निरपेक्षको राजनीति गर्नेहरू, धर्मरहित राजनीति गर्नेहरूले के गरिराखेका छन् रु धर्मरहित राजनीति गर्नेहरूलाई आफ्नो जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउँदो रहेछ। हामी धर्मसहितको राजनीति गर्छौँ। भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भनेर भन्छौँ।’

 

प्रतिक्रिया दिनुहोस्