काठमाडौँ, १७ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको फोहोरी खेलमा नलाग्न आग्रह गरेका छन् ।
आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा अध्यक्ष थापाले राप्रपालाई सत्तामा नलागेर आन्दोलनका लागि सडकमा आउन आग्रह गरेका हुन् ।
उनले अहिले आन्दोलनको आवश्यकता रहेको बताउँदै पद र प्रतिष्ठा गौण विषय हुने बताए ।
‘संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाका लागि जनआन्दोलनको विकल्प छैन । राप्रपाले सडकमा आउने हिम्मत गरोस्, हामी सँगै आन्दोलनमा जान तयार छौँ, नेतृत्व समस्याको विषय हुँदैन,’ उनले भने ।





