काठमाडौँ, १९ साउन । .राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति केसीले कुनै पार्टी र व्यक्ति विशेषमात्र नभएर सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको बताएका हुन् ।
‘अहिलेको नेपालको स्थिति धेरै गम्भीर छ । यो राज्यसत्ता नै लुटपाटमा, भ्रष्टाचारमा लागिसकेपछि गर्नुहुन्छ के रु कसलाई थाहा छैन? यहाँ कुन चाहिँ पार्टी हो? कुन चाहिँ व्यक्ति हो? भन्नुभन्दा पनि राज्यसत्ता पूरै लुटपाटमा सामेल भइसकेपछि त गाह्रो छ हामीलाई । तैपनि हामीले हरेस खानेकुरा भएन,’ केसीले भने ।
उनले राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको निर्वाचन छिटो हुनुपर्ने पक्षमा आफू रहेको पनि बताए । उनले समितिको बैठक बस्न नसक्नुमा आफ्नो मात्रै दोष नभएको भन्दै उनले यसको दोष सबैले लिनुपर्ने बताए ।






