जयपुर, २८ जेठ । भारतमा शुक्रबार राज्य सभा निर्वाचन भएका राज्य मध्ये राजस्थानमा कांग्रेसले एक्लै जित हासिल गरेको छ ।
कुल १६ सिटका लागि कडा प्रतिष्पर्धाका बीचमा भएको निर्वाचनबाट आठ सिटमा भने भारतीय जनता पार्टी (भाजपा) नै विजयी भएको छ । भाजपाले हरियाणा, महाराष्ट्र र कर्नाटकमा जित हासिल गरेको हो ।
स्थानीय समय अनुसार शुक्रबार बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको थियो ।
यसअघि भारतको उत्तर प्रदेश, तमिल नाडु, आन्ध्र प्रदेश, विहार, उडिसा, मध्य प्रदेश, पञ्जाब, छत्तिसगढ, उत्तराखण्ड, झारखण्ड र तेलङ्गनाबाट भने हालै ५७ जना निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।